Kathmandu Press

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

भीमदत्तनगर, पुस १४ :  कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ। 

सोमबार दिउ....

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
सांकेतिक

भीमदत्तनगर, पुस १४ :  कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ। 

सोमबार दिउँसो घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताए। उनले घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए। सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए।

मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ। “पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा चुनाराले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन्।” 

प्रकाशित मिति: १९:२९ बजे, सोमबार, पुस १४, २०७६