Kathmandu Press

प्रधानमन्त्रीको ठाडो निर्देशन : विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू

केही दिन अघि प्रधानमन्त्रीको निर्देशन विपरीत विमानस्थलका कर्मचारीले विदेशबाट फर्कँदा ल्याएको एक अतिरिक्त मोबाइल कर्मचारीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो । 
प्रधानमन्त्रीको ठाडो निर्देशन : विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू

काठमाडौं, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्किँदा अतिरिक्त मोबाइल ल्याउँन दिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यसअघि दिएको सोही निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै गुनासाहरु आउन थालेपछि उनले अर्थ मन्त्रालयलाई ठाडो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले दुईवटा मोबाइल ल्याउन पाउने विषयमा तत्काल आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।  

‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

केही दिन अघि प्रधानमन्त्रीको निर्देशन विपरीत विमानस्थलका कर्मचारीले विदेशबाट फर्कँदा ल्याएको एक अतिरिक्त मोबाइल कर्मचारीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो । 
 
प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्