Kathmandu Press

यातायात कार्यालयमा मन्त्री श्रेष्ठको छड्के, झन्झटरहित सेवा प्रवाह गर्न निर्देशन 

यातायात कार्यालयमा मन्त्री श्रेष्ठको छड्के, झन्झटरहित सेवा प्रवाह गर्न निर्देशन 

काठमाडौं, पुस १९ : उपप्रधान एवं भौतिक पूर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमनमा पुगेका छन् । 

मंगलबार कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका थिए । उनले छिटो र झन्झटरहित सेवा प्रवाहका लागि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । 

साथै सेवाग्राहीसँग पनि पाइरहेको सेवा र गुनासोबारे पनि जिज्ञासा राखेका थिए । उनले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका छन् ।

उनले सोमबार पनि आफ्नो मन्त्रालयमा १० बजे कार्यालय उपस्थित नहुने कर्मचारीको तलब काट्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्