प्रेम आले र माया राईले आज सपथ लिने

काठमाडौं, पुस १९ : प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज सपथ लिने भएका छन् । संघीय संसद सचिवालयका अनुसार उनीहरुको सपथ आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुनेछ ।
यसअघि पुस ७ गते राखिएको सपथ ग्रहण समारोहमा सांसदद्वय आले र राई उपस्थित थिएनन् । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।
सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।
प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1785565366.jpeg)
