बिहानैदेखि हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं, पुस १९ : देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै तराईमा हुस्सु र कुहिरो लागिरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ।
वर्षाको भने सम्भावना नरहेको उनले बताइन्। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको छ।
यस्तै भोलि बुधवार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
चिसो क्रमशः बढ्दै गएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ।










-1785565366.jpeg)
