महरा बने माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेता
सोमबार बसेको माओवादीको प्रदेशसभा सदस्यको बैठकले महरालाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो।
रुपन्देही, पुस १८ : नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएको छ।
सोमबार बसेको माओवादीको प्रदेशसभा सदस्यको बैठकले महरालाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो। महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन्। लुम्बिनी प्रदेशमा माओवादीका ९ सदस्य छन्।
प्रकाशित मिति: १९:५७ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











