नेकपा एस र जसपा एकताका लागि छलफल
केन्द्रीय कार्यालयमा पत्रकारहरू कुरा गर्दै जसपासँग एकताका लागि छलफल भइरहेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।
काठमाडौं, पुस १८ : नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एकताको प्रयास थालेका छन्। गत मंसिरमा भएको प्रतिनिधिसभा सभा र प्रदेश सभा निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेका दुवै पार्टीले एकताका लागि छलफल थालेका हुन्।
केन्द्रीय कार्यालयमा पत्रकारहरू कुरा गर्दै जसपासँग एकताका लागि छलफल भइरहेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।
त्यसअघि जसपाका प्रवक्ता मनिषकुमार सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको बताएका थिए । त्यसै सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै खतिवाडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सांसद छन्।
प्रकाशित मिति: १८:३९ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











