Kathmandu Press

ओली र भट्टराईबीच बालकोटमा भेटवार्ता

भेटमा दुई अध्यक्षबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको जनाइएको छ।
ओली र भट्टराईबीच बालकोटमा भेटवार्ता

काठमाडौं, पुस १८ : एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

भट्टराई आज (सोमबार) ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए। भेटमा दुई अध्यक्षबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको जनाइएको छ।

मंसिर ४ गते सम्पन्न चुनावमा नेसपाले माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको थियाे। त्यसकारण नेसपा हाल सत्तारुढ गठबन्धनतिरै रहेकाे छ।

प्रकाशित मिति: १७:३६ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्