Kathmandu Press

विपद् जोखिम न्यूनीकरणको सुरुवात मन्त्रालयबाटै गर्न गृहमन्त्रीकाे निर्देशन

सोमबार सिंहदरबारमा २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भूकम्प आइहाले मन्त्रालयबाट तुरुन्तै निस्कन सक्ने गरी आपतकालीन ढोकाको व्यवस्था गर्न निर्देशन दिएको हो।
विपद् जोखिम न्यूनीकरणको सुरुवात मन्त्रालयबाटै गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं, पुस १८ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् जोखिम न्यूनीकरणको सुरुवात मन्त्रालयबाटै गर्न निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भूकम्प आइहाले मन्त्रालयबाट तुरुन्तै निस्कन सक्ने गरी आपतकालीन ढोकाको व्यवस्था गर्न निर्देशन दिएको हो।

उनले विपत जोखिम न्युनिकरणको बहस धेरै हुने भएपनि कार्यान्वयनको तहमा सन्तोषजनक अवस्था नरहेकाले त्यसको सुरुवात मन्त्रालयबाटै गर्न खोजिएको जिकिर गरे।

लामिछानेले स्कुल, कलेज, पार्टी प्यालेश जस्ता हलमा क्षमता संख्या देख्ने गरि लेख्नुपर्ने र आपतकालीन ढोका लगाएत सुरक्षा कवजलाई ध्यान दिने गरि काम गर्नुपर्ने समेत बताए।

क्षमताभन्दा धेरै मानिस जम्मा गर्ने र मापदण्ड पालना भए नभएको निरन्तर अनुगमन गर्नुपर्नेमा उनले जोड दिए। लामिछानेले  २०७२ को भूकम्पपछि पनि पूर्वतयारी अर्थपूर्ण हुन नसकेको धारणा राखे। जोखिम न्यूनीकरणका लागि ऐन कानुन अपर्याप्त भए त्यसलाई सच्याउन आफू तयार रहेको र कार्यक्रम भन्दा पनि कामलाई बढि प्राथमिकता दिएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

बैठकले माघ २ गते भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी मनाउने निर्णय गरेको छ त्यसका लागि संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूलाई दिवस मनाउनका लागि पत्राचार गर्ने र क्रियाकलापहरू राष्ट्रिय कार्यक्रममा समावेश गर्न पुस २६ गतेभित्र आह्वान गर्ने निर्णय पनि गरेको छ।

२०५५ साल मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्