Kathmandu Press

रेशम चौधरीको रिहाइ नभए सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीकाे चेतावनी

सुदूरपश्चिम प्रदेशसभाको आज (सोमबार) सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा बैठकमा अवरोध गर्ने चेतावनी दिएका हुन्।
रेशम चौधरीको रिहाइ नभए सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीकाे चेतावनी

धनगढी, पुस १८ : नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभए सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ।

सुदूरपश्चिम प्रदेशसभाको आज (सोमबार) सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा बैठकमा अवरोध गर्ने चेतावनी दिएका हुन्। रेशम नागरिक उन्मुक्ति पार्टीका संस्थापक सललाहकार हुन्। उनकी पत्नी रञ्जिता श्रेष्ठ सो पार्टीकी अध्यक्ष हुन्।  

थारुहरुको ठुलो पर्व माघीसम्म रेशमको रिहाइका लागि समय दिइएको लक्ष्मणकिशोरले बताए। नयाँ संविधान लेखिँदै गर्दा २०७२ सालमा टीकापुर भएको घटनाव्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा भएको उनले स्पष्ट पारे। त्यही घटनाका कारण राज्यले थारु समुदायमाथि ठुलो अन्याय गरेको उनको भनाइ थियो।

 ‘सात वर्षसम्म पनि सरकारले टीकापुर घटनालाई निकास दिन सकेको छैन। डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीलाई बन्दी बनाएर राखिएको छ,’ उनले भने, ‘माघी पर्वसम्म निसर्त उहाँहरुको रिहाई गर्नुपर्ने हाम्रो माग छ। होइन भने माघपछि सदनमा हाम्रो अवरोध हुनेछ। सदन चल्ने दिइनेछैन।’

संघीय सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई मुख्य माग बनाएको छ। सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा यो पार्टी निर्णायक देखिएको छ।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्