Kathmandu Press

प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरी मन्त्रालयबारे लिए जानकारी

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए।
प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरी मन्त्रालयबारे लिए जानकारी

काठमाडौं, पुस १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन्।

आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरे।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए।

सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशनात्मक सम्बाेधन गर्ने कार्यसूची छ।

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्