माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा
महरा रोल्पा प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन्। पहिलोपटक सांसद बन्दै दलको नेता पनि चुनिएका उनी यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख स्वकीय सचिव थिए।
बुटवल, पुस १८ : माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत रूपमा चयन भएका छन्।
आज (सोमबार) बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको हो। उक्त बैठकमा माओवादी केन्द्र प्रदेश समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो।
दलको नेतामा महरासँगै महराका अलावा इन्द्रजित थारु र वसन्त घर्ती पनि आकांक्षी थिए। पार्टी प्रदेश कमिटीले महराको नाम प्रस्ताव गरेर सर्वसम्मत नेता चयन गर्न निर्देशन दिएको जनाइएको छ।
महरा रोल्पा प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन्। पहिलोपटक सांसद बन्दै दलको नेता पनि चुनिएका उनी यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख स्वकीय सचिव थिए। लुम्बिनी प्रदेशमा माओवादीका नाै सांसद छन् ।
प्रकाशित मिति: १४:०१ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











