Kathmandu Press

माघभित्रै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने आयोगको तयारी 

माघभित्रै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने आयोगको तयारी 

काठमाडौं, पुस १८ : निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन गर्ने तयारी गरेको छ । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटवार्ता गरी निर्वाचनको तयारीका बारेमा जानकारी गराएका हुन् । प्रधानमन्त्रीले पनि निर्वाचनका लागि आवश्यक प्रक्रिया थालनी गर्न निर्देशन दिएका थिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अघि राष्ट्रिय सभा सदस्यको रिक्त रहेको पद परिपूर्ति गराउनका लागि आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य पनि भोटर हुने भएका कारण पहिले राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गराइने आयोगका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार आयोगले माघ महिनाभित्रै राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी आयोगले प्रक्रिया थाल्ने भएको छ । निर्णयका लागि आजै आयोगका पदाधिकारीहरुको बैठक बस्दै छ । 

नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्