Kathmandu Press

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता, राष्ट्रपतिको निर्वाचनबारे छलफल

आगामी फागुनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको पद रिक्त हुँदैछ । उक्त पदका लागि एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता, राष्ट्रपतिको निर्वाचनबारे छलफल

काठमाडौं, पुस १८ : निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । 

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र आयोगका पदाधिकारीबीच छलफल भएको हो । छलफलमा  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बताइएको छ । 

आगामी फागुनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको पद रिक्त हुँदैछ । उक्त पदका लागि एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । 
 
छलफलमा प्रधानमन्त्रीसहित  गृहमन्त्री रवि लामिछाने र  अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेका थिए । 

प्रकाशित मिति: ११:४० बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्