Kathmandu Press

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवहरुको बैठक 

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवहरुको बैठक 

काठमाडौं, पुस १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । बिहान ११ बजे सिहंदरबारमा बस्ने गरी मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । 

बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो।  

 

प्रकाशित मिति: १०:४७ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्