कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए ।
काठमाडौं, पुस १८ : लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्।
सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । तर, अन्तिममा चौधरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो ।
लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् ।
प्रकाशित मिति: १०:२८ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











