Kathmandu Press

गृहमन्त्रीले बोलाए सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन बैठक डाकेका छन् ।
गृहमन्त्रीले बोलाए सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

काठमाडौं, पुस १८ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन बैठक डाकेका छन् ।

लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् । बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने छन् ।

बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ । 

प्रकाशित मिति: ०८:२० बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्