सरकारमा जाने या नजानेबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने
आज बस्ने पोलिटब्युरो बैठकले यसबारे निर्णय गर्ने पार्टीले जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले आज बिहान ११ बजे पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो ।
काठमाडौं, पुस १८ : सरकारमा जाने या नजाने विषयमा एकीकृत समाजवादीले आज निर्णय गर्ने भएको छ ।
आज बस्ने पोलिटब्युरो बैठकले यसबारे निर्णय गर्ने पार्टीले जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले आज बिहान ११ बजे पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो ।
हिजोको बैठकपछि समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको बताए।
उनले पोलिटब्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने बताए । उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको दाबी गरे ।
प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार