नेकपा एसले बोलायो पोलिट्व्युरो बैठक

काठमाडौं, पुस १७ : नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न पोलिट्व्युरो बैठक बोलाएको छ ।
पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिट्व्युरो बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान परिस्थीतिका बिषयमा गहन रुपमा बैठकमा छलफल भएको जानकारी दिए।
नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केहि थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने बिषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । उनले पोलिट्व्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने जिकिर गरे। आफुहरु पहिलेदेखि नै बामपन्थी एकताको बिषयमा रहेपनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको उनको भनाइ छ ।
त्यस्तै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार पार्टीको पोलिट्व्युरो बैठक बस्ने र पोलिट्व्युरोले निष्कर्ष निकालेपछि समसामायीक राजनीतिक परिस्थीतिमा धारणा सार्वजनिक गर्ने बताए। उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको जिकिर गरे।
बैठकमा पार्टी निर्माण, सुदृढिकरण विस्तार लगाएतका बिषयमा गहन छलफल भएको प्रवक्ता खतिवडाले बताए।











