Kathmandu Press

शैली थिएटरले बाल नाटक महोत्सव गर्ने, स्क्रिप्ट बुझाउने समय पुस २५ सम्म

महोत्सवमा सहभागिता जनाउन चाहने व्यक्ति, संस्था, नाट्य समूह तथा विद्यालयले पुस २५ गतेसम्म नाटकको स्क्रिप्ट बुझाउन आह्वान गरेको छ। स्क्रिप्टको अध्ययनपछि छानिएका नाटकहरुको अन्तिम सूची माघ १० गते प्रकाशन गरिने जनाइएको छ।
शैली थिएटरले बाल नाटक महोत्सव गर्ने, स्क्रिप्ट बुझाउने समय पुस २५ सम्म

काठमाडौं, पुस १७ : शैली थिएटरले आयोजनामा १४औं राष्ट्रिय बाल नाटक महोत्सव गर्ने भएको छ।

यो थिएटरले १३ वर्षयता राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको छ। यसपटक माघको अन्तिम साता वा फागुन दोस्रो साता सुरु भएर १० दिनसम्म महोत्सव चल्ने जनाइएको छ। महोत्सवमा सहभागिता जनाउन चाहने व्यक्ति, संस्था, नाट्य समूह तथा विद्यालयले पुस २५ गतेसम्म नाटकको स्क्रिप्ट बुझाउन आह्वान गरेको छ। स्क्रिप्टको अध्ययनपछि छानिएका नाटकहरुको अन्तिम सूची माघ १० गते प्रकाशन गरिने जनाइएको छ। 

रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा महोत्सव आयोजना गरिनेछ। लागि भौतिक रुपमा शैली थिएटर र रुसी सदनमा तथा शैलीको आधिकारिक इमेलमा वा अनलाइन माध्यमबाट नाटकको आलेख पठाउन सकिने बताइएको छ। सहभागिताका लागि दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ।

Hardik ivf

बालबालिकाको विषयमा समेटिएको र यसभन्दा अघि मञ्चन वा प्रकाशित भएका नाटकसमेत महोत्सवमा समावेश गराइने थिएटरले जारी गरेको सूचनामा उल्लेख छ।। जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ।

सूचनाअनुसार एउटा नाटकमा बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइनेछ। त्यस्तै नाटकको आलेख जुनसुकै भाषामा दर्ता गर्न सकिनेछ तर त्यो नेपालभित्र बोलिने मातृभाषाका नाटकलाई प्राथमिकता दिइनेछ। भाषाविहीन नाट्य प्रस्तुति भए पूर्ण विवरण सहितको कथासारलाई आलेखको रुपमा दर्ता गराउन भनिएको छ।

राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने तथा राज्यको नीति नियम विपरीतको स्क्रिप्ट महोत्सवका लागि स्वीकार्य नहुने थिएटरले बताएको छ।

321441180_3419374198311331_5632997320618437672_n1672571825.jpg

321939996_955236272548374_4796688309035547788_n1672571824.jpg

321304681_831335678158088_2738649762715616500_n1672571823.jpg

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्