Kathmandu Press

खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्छ : ओली

मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगाएत सबै ठाउँमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका हुन्।
खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्छ : ओली

काठमाडाैं, पुस १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका छन्।

मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगाएत सबै ठाउँमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका हुन्।

उहाले शिक्षा र स्वास्थ्यको आवश्यकतासंगै समाजमा अनुशासनको पनि आवश्यकता रहेको धारणा राखे। अनुशासन र नियममा चल्न नसके केहि पनि रहन नसक्ने उहाको भनाइ छ।

उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफुले सरकारसंग आग्रह गर्ने बताए। ओलीले अझै पनि खेलकुदमन्त्री आउन अझै १०-१५ दिन लाग्न सक्ने जिकिर गरे। 

कार्यक्रममा ओलीले केहीबेर टेबल टेनिस खेलेका थिए भने खेलाडीहरुले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्