Kathmandu Press

गायक नविन र दीपेश भट्टराईको लाइभ कन्सर्ट हुँदै

काठमाडौं, पुस १४ : चर्चित गायकद्वय नवीन के भट्टराई र दीपेश के भट्टराईले एउटै मञ्चमा प्रस्तुति दिने भएका छन्।

फ्रेन्डस अफ लाजिमपाटले जनवरी १०....

गायक नविन र दीपेश भट्टराईको लाइभ कन्सर्ट हुँदै

काठमाडौं, पुस १४ : चर्चित गायकद्वय नवीन के भट्टराई र दीपेश के भट्टराईले एउटै मञ्चमा प्रस्तुति दिने भएका छन्।

फ्रेन्डस अफ लाजिमपाटले जनवरी १० गते ‘टु लेजेन्ड अन वन स्टेज’ कार्यक्रममा अतृप्ता ब्यान्डका नवीन र लेजेन्ड ब्यान्डका दीपेशको लाईभ कन्सर्ट राखेको हो।

दीपेश के भट्टराई।

अंग्रेजी नयाँ वर्षको सुरुआतमा घरबारबिहीनहरुलाई सहयोग गर्ने उद्देश्यले उनीहरुको सयुक्त प्रस्तुति राखिएको आयोजकले जनाएको छ।

लाजिमपाटस्थित नेपाली चुलोमा हुने उक्त लाइभ कन्सर्टमा गायक द्वय नवीन र दीपेश आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।

साँझ ५ बजेदेखि कार्यक्रम सुरु हुने आयाेजकले जनाएकाे छ।

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्