Kathmandu Press

निजगढ विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

आइतबार कास्कीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अबको पालो निजगढ विमानस्थल निर्माण रहेको बताएका हुन् । 
निजगढ विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने घोषणा गरेका छन् । 

आइतबार कास्कीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अबको पालो निजगढ विमानस्थल निर्माण रहेको बताएका हुन् । 

‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ। अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको बताए ।  
 
प्रकाशित मिति: १५:२७ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्