Kathmandu Press

नेश्नल मेडिकल कलेजले फेरि लियो विद्यार्थीबाट ५५ लाख

वीरगञ्ज, पुस १४ : नेश्नल मेडिकल कलेजले फेरि विद्यार्थीबाट मनलाग्दी शुल्क लिन थालेको छ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएको छ।

बसुरद्दिन....

नेश्नल मेडिकल कलेजले फेरि लियो विद्यार्थीबाट ५५ लाख

वीरगञ्ज, पुस १४ : नेश्नल मेडिकल कलेजले फेरि विद्यार्थीबाट मनलाग्दी शुल्क लिन थालेको छ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएको छ।

बसुरद्दिन अन्सारी संचालक रहेको यो कलेजले पहिले पनि मनलाग्दी शुल्क लिने गरेको थियो। अहिले सरकारले शुल्क निर्धारण गरेपछि अतिरिक्त शुल्क लिइरहेको छ।

विद्यार्थीले आन्दोलन गरेपछि अतिरिक्त शुल्क नलिने जनाएको थियो। तर, अहिले फेरि १८औं ब्याचका विद्यार्थीबाट ५५ लाख रुपैयाँ असुलेको छ। केहीबाट त्योभन्दा बढी पनि लिएको विद्यार्थीले जनाएका छन्।

विद्यार्थीबाट लिएको थप शुल्क।

परीक्षा दिन नपाइने दबाब दिएपछि विद्यार्थी शुल्क तिर्न बाध्य भएका हुन्। केही विद्यार्थीले शुल्क तिरिसकेका छन् भने केहीले विरोध गर्दै आएका छन्।

उनीहरुले चिकित्सा शिक्षा आयोगमा पनि उजुरी दिएका छन्। तर, आयोगमा बसुरद्दिन नै सदस्य छन्।

काठमाडौं प्रेसलाई प्राप्त रसिदमा नेसनल कलेजले थप चार लाख लिएको पाइएको छ। उसले भर्ना र ट्यूसन शुल्कबाहेक विभिन्न शीर्षकमा थप चार लाख ६१ हजार आठ सय लिएको पाइएको छ।

नेसलन कलेजले यस अघि बढि लिएको शुल्क फिर्ता गर्ने सहमति गरेको थियो। तर, अहिले उल्टै थप शुल्क लिइरहेको छ।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, पुस १४, २०७६