लुम्बिनीका प्रदेश सभा सदस्यले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, पुस १७ : लुम्बिनी प्रदेश सभाका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुख अमिक सेरचनले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई सपथ खुवाएका हुन् । प्रदेश सभाका कुल ८७ सदस्यमध्ये ९ जनाले मातृभाषामा सपथ लिएका छन् भने अन्यले नेपाली भाषामै सपथ लिएका हुन् ।
प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसको २९, राप्रपाका ६, जनता समाजवादी पार्टीका १ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











