प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन (तस्बिरहरू)
प्रधानमन्त्री प्रचण्डले अंग्रेजी नयाँ वर्षको अवसरमा आज (आइतबार) पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर विमानस्थल औपचारिक उद्घाटन गरेका हुन्।
पोखरा, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले अंग्रेजी नयाँ वर्षको अवसरमा आज (आइतबार) पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर विमानस्थल औपचारिक उद्घाटन गरेका हुन्। उनले ताम्रपत्र पनि अनावरण गरे।
त्यस अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति थियो। समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। साे अवसरमा हेलिकोप्टरमार्फत पुष्प वृष्टिसमेत गरिएको थियो।
उद्घाटनसँगै पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।


























प्रकाशित मिति: १४:०१ बजे, आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











