Kathmandu Press

प्रदेश १ मा सरकार गठनको आह्वान, दलहरुलाई एक साताको समय 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनका लागि आगामी आइतबार साँझ पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । 
प्रदेश १ मा सरकार गठनको आह्वान, दलहरुलाई एक साताको समय 

काठमाडौं, पुस १७ : प्रदेश १ मा सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख भवानी खापुङले दलहरुलाई एक साताको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनका लागि आगामी आइतबार साँझ पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । 

Hardik ivf

‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्