Kathmandu Press

नेपाल टि–२० लिग : जनकपुरविरुद्ध काठमाडौंको सहज जित

नेपाल टि–२० लिग : जनकपुरविरुद्ध काठमाडौंको सहज जित

काठमाडौं, पुस १७ : नेपाल टि–२० लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा काठमाडौं नाइट्स विजयी भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फाराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याको जनकपुर १९.१ ओभरमा ९० रनमै अलआउट भयो । उसका लागि सराफुद्दिन अश्रफले सर्वाधिक ३७ रन बनाउँदा सोमपाल कामी २१ र खडक बोहराले १० रन बनाए। 

जनकपुरलाई सस्तैमा समेट्ने क्रममा अविनाश बोहराले ३.१ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए। यस्तै, अज्मतुल्लाह ओमरजाइले २ तथा कमलसिंह ऐरी, अनिल खरेल र बासिर अहमदले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले सुनाम गौतम र रायन बुर्लको उत्कृष्ट ब्याटिङ मद्दतमा निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाए। ओपनिङमा आएका सुनामले ४७ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए । 

यस्तै, बुर्लले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ६१ रन बनाए । एलेक्स ब्लाकले १२ बलमा २० रनको योगदान दिए। जनकपुरका जितेन्द्र मुखियाले ३ विकेट लिए। 

५ खेलमा ३ जित निकालेको काठमाडौं ६ अंकसहित तेस्रो स्थानमा छ भने जनकपुर ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ।
 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्