माओवादीको गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान

काठमाडौं, पुस १७ : नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुने भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले चुमानलाई संसदीय दलको नेतामा बनाउने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय निर्देशनबमोजिम चुमानलाई संसदीय दलको नेता बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । उनलाई औपचारिक रुपमा संसदीय दलको नेता चयन गर्न दलको बैठक बस्ने तयारी भएको बताइएको छ।
चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । माओवादीबाट गण्डकी प्रदेश सभामा जम्मा सदस्य छन् । तर, सरकार बनाउन माओवादी गण्डकीमा पनि निर्णायक शक्ति हो ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी ८ र राप्रपाका २ सांसद मिले सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट २७ जना सांसद छन् । मनाङबाट स्वतन्त्र जितेका दीपक मनाङे एकीकृत समाजवादी प्रवेश गरिसकेका छन् ।
गण्डकी प्रदेशमा सबै दलले संसदीय दलको नेता चुनिसकेका छन् ।











