Kathmandu Press

लुम्बिनीका सांसद्को शपथग्रह आज

दिउँसो १ बजे दाङको देउखुरीमा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गराउन गर्ने छन्।
लुम्बिनीका सांसद्को शपथग्रह आज

दाङ, पुस १७ : लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ।

दिउँसो १ बजे दाङको देउखुरीमा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गराउन गर्ने छन्।

प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन्।

प्रतिनिधिसभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था भएपनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका  ४/४, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र ३/३ जना तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद छन् ।

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्