रौतहटमा जिपसँग मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु
दुर्घटनामा माधवनारायण–२ का ६५ वर्षका परमात्माप्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षीय गौकरण यादवको मृत्यु भएको छ।
रौतहट, पुस १७ : शनिबार साँझ रौतहटमा जिपसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा माधवनारायण–२ का ६५ वर्षका परमात्माप्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षीय गौकरण यादवको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: ०७:०५ बजे, आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











