क्रान्तिकारी माओवादीका नेता गजुरेल रिहा
काठमाडौं, पुस १४ : नेकपा (क्रान्तिकारी माओवादी) उपाध्यक्ष सीपी गजुरेललाई रिहा गरिएको छ।
सीमा विवाद समाधानका लागि उपप्रधान तथा रक्षामन्त्री ई....
काठमाडौं, पुस १४ : नेकपा (क्रान्तिकारी माओवादी) उपाध्यक्ष सीपी गजुरेललाई रिहा गरिएको छ।
सीमा विवाद समाधानका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाने क्रममा विवाह हुँदा उनलाई आइतबार पक्राउ गरिएको थियो। उनीसँगै १५ जना कार्यकर्ता पनि पक्राउ परेका थिए। उनीहरु सबैलाई सोमबार बिहान रिहा गरिएको हो।
रक्षामन्त्री पोखरेलसँग समय लिएर तथा गृहमन्त्री रामबहादुर थापासँग कुराकानी गरेरै सिंहदरबार जान खोज्दा पक्राउ गरिएको उनले बताए। अनाहकमा पक्राउ गरिएको उनको भनाइ थियो।
नेता गजुरेलसहित क्रान्तिकारी माओवादीका नेता–कार्यकर्तालाई शनिबार राति सोह्रखुट्टे वृत्तमा राखिएको थियो। सोमबार भने सिंहदरबार नै ल्याएर रिहा गरिएको हो।




