Kathmandu Press

काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं, पुस १६ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन।

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए।

उनले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए। 'राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,' उनले भने, 'न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु।'

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए। 'तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो,' उनले भने, 'ऐन, नियमविपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु।'

कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहेका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताए। उनले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९:५० बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्