Kathmandu Press

माओवादी केन्द्र वागमती संसदीय दलको नेतामा शालिकराम जमकट्टेल

संसदीय दलको शुक्रबार र शनिबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो। 
माओवादी केन्द्र वागमती संसदीय दलको नेतामा शालिकराम जमकट्टेल

काठमाडौं, पुस १६ : माओवादी केन्द्र वागमती प्रदेशसभा संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चुनिएका छन्।

संसदीय दलको शुक्रबार र शनिबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो। 

वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा जमकट्टेलका अलावा युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठले आकांक्षा देखाएका थिए। तर पार्टी केन्द्रले जमकट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेपछि सर्वसम्मत रूपमा दलको नेता चुनिएको हो।

संसदीय दलको नेतामा सर्वसम्म भएका जमकट्टेल धादिङ १ (ख) बाट वागमती प्रदेशसभामा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १६:४९ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्