हामी वामपन्थी एकताका लागि सक्रिय छाैं : महेश बस्नेत
शनिबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बस्नेतले निर्वाचनले एउटा गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको भन्दै अब आफूहरु वामपन्थीहरुबीच एकताका लागि सक्रिय भएको बताएका हुन्।
काठमाडौं, पुस १६ : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूहरु वामपन्थीहरुबीच एकताका लागि सक्रिय भएको बताएका छन्।
शनिबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बस्नेतले निर्वाचनले एउटा गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको भन्दै अब आफूहरु वामपन्थीहरुबीच एकताका लागि सक्रिय भएको बताएका हुन्।
उनले बस्नेतले पूराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे। जनताको पूराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरु नयाँ ढंगले उदाउने परिस्थिति बनको उनले बताए। बस्नेतले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस भन्नेतर्फ सबै सचेत हुनुपर्ने सुझाव दिए।
उनले नेपालको कम्युनिष्टको हिसाबले सबैभन्दा ठुलो दल भएकोले एमाले र यसको नेतृत्व केपी ओलीले मुलुकलाई सही दिशामा लैजानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १६:३१ बजे, शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











