Kathmandu Press

नेकपा एस एमालेमा विलय हुने हल्ला निराधार र कपोलकल्पित : जगन्नाथ खतिवडा

पार्टी कार्यालय आलोकनगरमा आज (शनिबार) बसेको पार्टी स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार भएकाे स्पष्ट पार्दै हल्लाको पछि नलाग्न सबैलई आग्रह गरे।
नेकपा एस एमालेमा विलय हुने हल्ला निराधार र कपोलकल्पित : जगन्नाथ खतिवडा

काठमाडौं, पुस १६ : नेकपा एकीकृत समाजवादी  (नेकपा एस) एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताइएकाे छ।

पार्टी कार्यालय आलोकनगरमा आज (शनिबार) बसेको पार्टी स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार भएकाे स्पष्ट पार्दै हल्लाको पछि नलाग्न सबैलई आग्रह गरे।

उनले कुनै पनि एकता गर्ने प्रस्ताव नगरेको र त्यसमा नेकपा एसले रुचि नराखेको बताए। ‘पार्टी विलय वा एकीकरण गर्ने गरी हामीले काम गरेका पनि छैनौं। त्यसमा हाम्रो रुचि छैन,’ उनले भने। तथापि वाम एकताका लागि एजेन्डाहरुमा एकता गर्ने आफूहरुको रुची भएको समेत खतिवडाले बताए।

खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा चर्चा गरिए पनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन्। ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिका लागि कसैले प्रस्ताव गरेको छैन। अहिलले चलेका हल्ला निराधार हुन्।’

पार्टी उपमहासचिवसमेत रहेका खतिवडाले सरकारमा जाने कि नजाने भन्ने विषयमा भने छलफल जारी रहेकाे र त्यसकाे टुंगाे लगाउन पार्टी पोलिटब्युरो बैठकसम्म जान सक्ने जानकारी दिए।

‘सरकार गठन गर्दा पुरानो गठबन्धन ककसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ। सरकारमा जाने वा नजाने विषयमा पोलिटब्युरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुन सक्छ ।’ स्थायी कमिटी बैठक भोलि (आइतबार) सम्म चल्न सक्ने जानकारी उनले दिए।

प्रकाशित मिति: १५:१४ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्