Kathmandu Press

जसपाको कार्यकारिणी समिति बैठक जारी

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। 
जसपाको कार्यकारिणी समिति बैठक जारी

काठमाडाैं, पुस १६ : मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। 

उनका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन। आजको बैठकमा सो विषयमा पनि निर्णय हुनसक्ने जसपाले जनाएको छ।

यसैबीच जसपाले मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ। लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन्। मधेस प्रदेशमा जसपाको प्रत्यक्षतर्फ निर्वाचित ७ र समानुपातिकतर्फ ५ गरी १२ सदस्य रहेका छन्।

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्