सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।
काठमाडौं, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे संक्षिप्त ‘रिपोर्ट’ पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १२:४० बजे, शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











