राहदानी वितरण सहज बनाउन विज्ञको टोली गठन
राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र लिने प्रक्रिाया लामो र झन्झटिलो भएको भन्दै त्यो समस्या समाधानमा लागि अध्ययन गर्न गृह मन्त्रालयले विज्ञको टोली गठन गरेको हो।
काठमाडौं, पुस १६ : राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृह मन्त्रालयले विज्ञ टोली गठन गरेको छ।
राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र लिने प्रक्रिाया लामो र झन्झटिलो भएको भन्दै त्यो समस्या समाधानमा लागि अध्ययन गर्न गृह मन्त्रालयले विज्ञको टोली गठन गरेको हो।
सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए।
प्रकाशित मिति: ११:२१ बजे, शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार