Kathmandu Press

तीन दिनको मौसम पूर्वानुमान, बुधबार पानी पर्ने सम्भावना

काठमाडौं, पुस १४ : आज पनि तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वान....

तीन दिनको मौसम पूर्वानुमान, बुधबार पानी पर्ने सम्भावना

काठमाडौं, पुस १४ : आज पनि तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा विगतका दिनहरुमा भन्दा तापक्रममा केहि वढेतापनि चिसो भने बढिरहेको छ । आइतबार १ डिग्री सेल्सियस रहेको काठमाण्डाैकाे तापक्रम साेमबार बिहान १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । 

तराईका भू-भागमा र पहाडी उपत्यकाहरूमा हुस्सु र कुहिरो विकसित भएको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्बजनिक गर्दै महाशाखाले सोमबार र मंगलबार मौसम सफा रहेपनि बुधबार भने उच्च पहाडी भेगमा हिमपात, पश्चिमी र पुर्वी  पहाडी भु-भागमा हल्का बर्षाको संभाबना रहेको जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान  

 पौष १४ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

राती : देशको पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

पौष १५ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने देखीन्छ।

 

राती : देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

 

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भु-भागमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।

 

राती : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ।

प्रकाशित मिति: ०८:०५ बजे, सोमबार, पुस १४, २०७६