प्रधानमन्त्री दाहाल चितवन जाने
भतपुर–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सवमा सहभागी हुने प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन्।
काठमाडौं, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवन जाने भएका छन् । भतपुर–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सवमा सहभागी हुने प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन्।
बिहान ८.२० बजे उनी जाने भनिएपनि मौसम नखुलेको र हुस्सु लागेको कारणले केही ढिला हुने भएको छ। प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।
उनी सो अवसरमा स्वर्ण र हीरक स्तम्भ अनावरण, भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन लगायतका कार्यक्रममा सहभागी हुनेछन्।
प्रकाशित मिति: १०:३४ बजे, शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











