Kathmandu Press

प्रधानमन्त्री–गृहमन्त्रीबीच भेट : सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन छलफल

भेटमा गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका थिए।
प्रधानमन्त्री–गृहमन्त्रीबीच भेट : सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन छलफल

काठमाडौं, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दहाल र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। गृहमन्त्री लामिछाने प्रधानमन्त्री दहाललाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका थिए। भेटमा उनले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल गरेका हुन्।

भेटमा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको बताइएको छ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको बताइएको छ।

 

 

प्रकाशित मिति: १०:२९ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्