Kathmandu Press

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिने 

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिने बताईएको छ । 
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिने 

काठमाडौं, पुस १६ : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिने बताईएको छ । 

निर्वाचनको समीक्षा, विकास राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारलाई समर्थन गर्नेबारे बैठकले निर्णय लिने केन्द्रीय प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेका नेताहरुले छुट्छुट्टै पहल गरिरहेका छन् । 

प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्