Kathmandu Press

एकीकृत समाजवादीले बाेलायाे स्थायी कमिटी बैठक

एकीकृत समाजवादीले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडाैं, पुस १५ : नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी कमिटी बैठक बोलाएको छ । भाेलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने र चुनावको समीक्षा गरिने छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के रहने भन्नेबारे बैठकमा छलफल हुने एक नेताले बताएका छन।

सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन् । जिल्ला तहबाट आएको सुझाव बारे पनि बैठकमा छलफल हुने छ ।

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्