Kathmandu Press

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनकाे लागि एक साताभित्रै ‘फिल्ड सर्भे’ गरिने

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनकाे लागि एक साताभित्रै ‘फिल्ड सर्भे’ गरिने

काठमाडाैं, पुस १५ : केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएकाे चिनियाँ प्राविधिक टोलीले एक साताभित्रमै ‘फिल्ड सर्भे’ गर्ने काम थाल्ने भएको छ । गत मंगलबार काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ ।

रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार चिनियाँ टोलीसँगै विभागको प्राविधिक टिम पनि फिल्ड सर्भेमा जाने छ । टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने छ । त्यसपछि करिब डेढ महिनाका लागि चीन फर्कने छ ।

यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने छ ।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्