Kathmandu Press

कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन : गृहमन्त्री लामिछाने

कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन : गृहमन्त्री लामिछाने

काठमाडाैं, पुस १५ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन् ।

शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै उनले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताएका छन् ।

उनले भनेका छन, ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन, हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’

मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले भेटघाट, फूलमाला, खादा गम्छाको शिलशिला रोकेर काममा लाग्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।

साथै उनले कामको खबरदारी गर्न दिल खोलेर आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्