Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। 
सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

काठमाडाैं, पुस १५ : नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। 

पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। 

सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (क) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी भएकाे सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत छन्। 

धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकेको छ।

प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्