Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए शपथ

शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए शपथ

धनगढी, पुस १५ : सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ शपथ गराएका हुन्।

त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका हुन्। ६ सांसदले मातृभाषामा शपथ लिएका थिए। 

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्