तमु ल्होसारका निम्ति आवश्यक बजेट छुट्याउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिबद्धता
तमु ल्होछारका अवसरमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले शुक्रबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले तमु ल्होसारका निम्ति अहिलेसम्म दिइँदै आएको भन्दा बढि बजेट सरकारले छुट्टाउने प्रतिबद्धता जनाएका हुन्।
काठमाडौं, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्टाउने प्रतिबद्धता जनाएका छन्।
तमु ल्होछारका अवसरमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले शुक्रबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले तमु ल्होसारका निम्ति अहिलेसम्म दिइँदै आएको भन्दा बढि बजेट सरकारले छुट्टाउने प्रतिबद्धता जनाएका हुन्।
तमू समुदायको मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको र आफ्नो इमान्दारी, लगनशीलता, मेहनत, वीरता र बलिदानको कीर्तिमानीका कारण तमू समुदायको नेपाली पात्रोमा गर्वको एउटा पहिचान रहेको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले तमू समुदाय र उनका पूर्खाले आर्जन गरेको गौरवशाली परम्परालाई उच्च सम्मान गर्न चाहेको धारणा राखे।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन्।