Kathmandu Press

गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक : मन्त्री साह

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन्।
गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक : मन्त्री साह

कलैया, पुस १५ :  बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताएकी छन्। 

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन्।

जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा यहाँका विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको उनको बुझाइ छ। 

शिक्षक तथा प्राध्यापकहरुले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिँदा प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको उनको आरोप छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गुणस्तरीय शिक्षाका लागि आफू क्याम्पसलाई सहयोग गर्न तयार रहेको बताउनुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा एमालेका सचिव अध्यानन्द पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिया, प्रध्यापक अमित मिश्र लगायतले क्याम्पसको सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्